एमाले पालिका अधिवेशनमा दलित र महिलाले नेतृत्व पाएनन्

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : नेकपा एमाले सोलुखुम्बुको पालिका स्तरको नेतृत्वमा महिला र दलितको सहभागिता न्युन देखिएको छ ।  जिल्लाकोे ६ वटा पालिकामा सम्पन्न अधिवेशनबाट नेतृत्वमा महिला र दलित सहभागिता न्युन देखिएको हो ।
अहिलेसम्म सोलु दुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी, खुम्बु पासाङ ल्हामु, लिखुपिके गाउँपालिका, सोताङ  र महाकुलुङ गाउँपालिकामा सर्वसहमत नेतृत्व चयन  गरिएको छ । जसमा महिला र दलित आउन सकेका छैनन् ।

एमाले साेलुखुम्बुका अनुसार साेलुदुधकुण्ड नगरपालिकाकाे अध्यक्षमा मिङ्मार छिरिङ शेर्पा, थुलुङ दुधकाेशीमा उदयनारायण बस्नेत, महाकुलुङमा मछिन्द्र राई, खुम्बु पासाङ ल्हामु गाउँपालिकामा लाक्पा ग्याल्जेन शेर्पा, साेताङमा बीर बहादुर राई र लिखुपिके गाउँपालिकाकाे अध्यक्षमा  हिक्मत बस्नेत सर्वसम्मत चयन हुनुभएकाे छ ।

अध्यक्ष, उपाध्याक्ष, सचिव र २ जना उपसचिव गरि  ६ वटा स्थानीय तहमा ३० जना  व्यक्ती कार्यकारी पदमा चयन भएका छन् । जस मध्ये ४ जना महिला र २ जना दलित समुदायबाट आएका छन् ।  जिल्लाको सोलुदुधकुण्ड र माहाकुलुङको उपसचिबमा, सोताङ गाउँपालिकाको सचिवमा र थुलुङ दुधकोशी गाउँपालिकाको सचिवमा १÷१ जना महिला निर्वाचित भएका छन् ।

यस्तै दलित समुदायबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका र माहाकुलुङ गाउँपालिकाको सचिवमा १÷१ जना निर्वाचित भएको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ । समावेशीताको सवाल उठीरहेको बेला मुख्य पदहरुमा दलित तथा महिलाको सहभागीता सन्तोषजनक नहुँदा केही असन्तुष्टि समेत सृजना भएको छ ।  नेकपा एमालेको बिधानमा ३३ प्रतिशत महिला अनिवार्य गरेको भएपनि कार्यकारी पदमा भने न्युन छ । अन्य सदस्यमा चयन भएका महिलाबाट समावेशीतालाई संबोधन गरिएको छ ।

यस अघि काँग्रेसको पालिका अधिवेशनमा पनि महिला र दलित सहभागिता न्यून रहेको थियो । हरेक पार्टीमा महिला तथा दलित नेतृत्वको अभाव देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार