सोलुदुधकुण्ड–७ मा कांग्रेसको अधिवेशन पुन: गर्न माग, विज्ञप्ति सहित

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले सोलुदुधकुण्ड नगरपालिका–७ को वडा अधिवेशन बदर गरि अर्को निर्वाचन घोषणा गर्न माग गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिलाई जिल्ला समितिको तर्फबाट पार्टी सभापति विनोद बस्नेतले लिखितरुपमा उक्त माग गनुृभएको हो ।

नेपाली कांग्रेसको जिल्ला निर्वाचन अधिकृत समक्ष वडा नम्बर ७ का १६ जना क्रियाशिल सदस्यले जालझेलपुर्ण ढंगबाट अधिवेशन भएकाले बदर गर्न माग गर्दै निवेदन दिएका थिए । उक्त निवेदनमाथि पार्टीका दुवैपक्षबीच जिल्ला निर्वाचन अधिकृतको कार्यकक्षमा पटक पटक छलफल भएपनि निश्कर्ष निस्कन नसकेपछि केन्द्रीय निर्वाचन समितिमा निर्णायर्थ पठाइएको जिल्ला कार्यसमितिलाई जानकारी भएपनि त्यसको ठीक विपरित वक्तव्य जारी गरि अधिवेशनलाई विवादमा पारी भाड्ने काम भएको सभापति बस्नेतले दावी गर्नुभयो ।

निर्वाचन अधिकृतले जिल्लामा रहदा एउटा निर्णय गर्ने र बाटो–बाटोमा अर्को निर्णय गर्ने कार्यले स्वयम् निर्वाचन अधिकृतको कार्यशैलिमा प्रश्न गर्ने ठाउँ भेटिएको बताइएको छ ।

यता निर्वाचन समितिले भने वडा अधिवेशन पार्टीको विंधान अनुसार नै सम्पन्न भएको जनाएको छ । नेपाली कांगे्रसको १४ औँ महाधिवेशन सोलुुखुम्बुका निर्वाचन अधिकृत कैलाश गुरुङले कांगे्रसको विधान, नियमावली तथा निर्वाचन निर्देशिका अनुसार नै अधिवेशन सम्पन्न भएको विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।

हिजो पे्रस विज्ञप्ति जारी गर्दै सोलु दुधकुण्ड–७ को वडा समिति, क्षेत्रीय प्रतिनिधिहरु निर्विरोध निवार्चित हुनका साथै ५२ वटै वडामा सफलतापर्वक अधिवेशन सम्पन्न भएको समेत जानकारी दिनुभयो ।

पार्टीभित्रका दुवैपक्षलाई पटक पटक राखेर छलफल गर्दा निश्कर्ष ननिस्केपछि निर्णायर्थ केन्द्रमा पठाइएको भनिएतापनि निर्वाचन अधिकृत गुरुङले आफैले हस्ताक्षर गरि प्रक्रियागत ढंगलेनै सम्पन्न भएको जानकारी गराईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार