प्रतिनिधि सभा बैठक बस्दै

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडौं : आजकालागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तरको अवरोधकाबीचमा आजका लागि बैठक बाेलाइएकाे हाे । आजको बैठक पनि अवरोध गर्ने एमालेको तयारी छ ।

भदौ २३ गते सुरु भएको संसद अधिवेशनपछि बसेका सवै बैठकलाई एमालेले अवरोध गर्दै आएको छ । पार्टीले कारबाही गरेका माधव नेपाल समूहका १४ सांसदको सूची सार्वजनिक नगरे सदन चल्न नदिने एमालेको अडान छ ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विद्येयक २०७८ बिचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

अवरोधकै बिच सरकारले दल विभाजनसम्बन्धी अध्यादेश, प्रतिस्थापन विद्येयक लगायत केहि अध्यादेश सदनमा पेश गरेको छ ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा पूर्वसांसद एवम् भारतका लागि नेपाली पूर्वराजदूत रुक्मशम्शेर राणाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिँदैछ । राणाको शनिवार ८६ वर्षको उमेरमा निधन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार