एमसीसी सम्झौंता कुनै पनि हालतमा लागू हुन दिदैनौँ : विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसी सम्झौंता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिनु भएको छ । महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेको उल्लेख गर्दै त्यसलाई स्विकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दावी समेत गर्नु भयो ।

उहाँले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौंताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई आह्वान समेत गर्नु भयो । एमसीसीको बिरुद्धमा सोमबार काठमाडौंको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै उहाँले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौंता पारित गर्न कसले सक्छ ? भनि प्रश्न पनि गर्नु भयो ।

महासचिव चन्दले भन्नु भयो, ‘हामी लड्छौं । कुनै पनि हालतले एमसीसीलाई लागू हुन दिँदैनौं । यो कुनै लकाईछिपाईको कुरा छैन । आज पनि हामी भन्छौं–एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ । नेपालको सार्वभौमिकताको विरुद्धमा छ । महासचिव चन्दले एमसीसी सम्झौंताविरुद्ध आफूहरुले झिल्को बालेको उल्लेख गर्दै त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराउनु भयो । उहाँले आफूहरुले बास्तविक अर्थमा नेपाली जनताको शासन सत्ता ल्याउन चाहेको दावी गर्नु भयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार