लिग २ त्रिकोणात्मक सिरिज : नेपाल र अमेरिका आज भिड्ने

काठमाडौं : आइसिसी विश्वकप लिग–२ अन्तर्गत आजदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सुरू हुँदैछ । ओमानको अल अमिरत क्रिकेट रंगशालामा हुने सिरिजको पहिलो खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार दिउँसो सवा चार बजे सुरू हुने छ । सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ । सिरिजको पछिल्ला दुई खेलमा नेपालले अमेरिकालाई हराएको थियो । सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो ।

नेपाल दुवै खेलमा विजयी भएको थियो । विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युएई रहेका छन् । नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई–दुई खेल खेलिसकेको छ । नेपाल चार अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार