काठमाण्डौँ : पर्यटन क्षेत्रमा क्रियाशील टे«ड युनियन र संघसंस्थाहरुले संस्कृति, पर्यटन तथा नगारिक उड्ड्यन मन्त्रालय सिंहदरबारमा २ बुदे मागपत्र राखेको छ । विश्व माहामारीको रुपमा फैलिएको नोभेल कोरोना भाईरसका कारण बेरोजगार पर्यटन मजदुरहरुलाई कार्य क्षेत्रमा जाने वातावरण भएको नीति ल्याउन माग गरिएको हो ।
अखिल नेपाल पर्यटन मजदुर संघ नेपालका अध्यक्ष रामचन्द्र ढानिया, नेपाल समाजबादी पर्यटन मजदुरसंघका महासचिव सार्की शेर्पा, क्रान्तिकारी पर्यटन मजदुरका अध्यक्ष देबी गौली, पर्यटन हातेमालो समाज नेपालका अधयक्ष प्रकाश घायल राईको संयुक्त हस्ताक्षर रहेकको माग पत्र आईताबार मन्त्रलायमा बुझएको हो ।
कोरोना महामारीका कारण यस क्षेत्रका श्रमिकहरु बेराेजगार हुनुपर्दा आर्थिक, सामाजिक र मनोबैज्ञानिक समस्याले ग्रस्त भएर र यसले निम्त्याएको अन्यौलता र अनिश्चितताका कारण अधिकांश दक्ष जनशक्तिहरु पलाएन हुने अवस्था सृजना भएको हुनाले पर्यटन क्षेत्रको मेरुदण्डको रुपमा रहेको पर्यटन श्रमिकहरुलाई पलाएन हुनबाट रोक्न सरकारलाई दूई बुदे मागपत्र राखेको नेपाल समाजवादी पर्यटन मजदुर संघका महासचिव सार्की शेर्पाले जानकारी दिनु भयो ।
मागपत्र बुदा एकमा अनिवार्य क्वारेन्टाइनको व्यावस्था खारेज गर्नु पर्ने माग राखेको छ भने दोस्रो बुदामा पर्यटकहरुको स्वास्थ्य सुरक्षाका लागि कम्तिमा एक पर्यटक एक श्रमिकको व्यवस्था लागु गर्नु पर्ने माग राखिएको हो ।
हाल सरकारले नेपाल भ्रमणका लागि आउने पर्यटकहरुलाई एक हप्ता अनिवार्य क्वारेन्टाईन लागाएतका व्यवस्थाहरु लागु गरेको छ ।