काठमाडौं : नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता व्यक्त गर्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले चिनिया कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्त पेश गर्दै आफूलाई पनि कहिलेकाँही १-२ वर्षपछि यस्तै हुने होकि भन्ने चिन्ता लाग्ने गरेको बताउनु भयो ।
आईतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै उहाँले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तनमनन गरी दिन पनि बाम बुद्धिजीविहरुलाई आग्रह गर्नु भयो ।
अध्यक्ष दाहालले केपी ओलीप्रति संकेत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन विगतमा भएका ईतिहासहरुको सही समिक्षा गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । अध्यक्ष दाहालले आफूले अझै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर अघि बढन चाहेको पनि पटकपटक दोहो¥याउनु भयो ।