प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई वार्तामा आउन सरकारको आह्वान

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई वार्तामा आउन आह्वान गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सञ्चारकर्मीमार्फत् आग्रह गर्नु भएको हो ।

सभामुख अग्नीप्रसाद सापकोटाको भूमिकामाथि आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक आईतबार तेस्रो दिन पनि अवरुद्ध पारेको छ । काँग्रेस नेता समेत रहनु भएका गृहमन्त्री खाँणले संवादको माध्यामबाट ती समस्या समाधान गर्न सकिने विश्वास समेत व्यक्त गर्नु भयो ।

उहाँले आईतबार संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसदमा देखिएका समस्या समाधानका लागि सभामुख अग्नीप्रसाद सापकोटाले सोमबार (भोली) दिउँसो प्रमुख दलका शिर्ष नेताहरुसहितको सर्वदलीय बैठक बोलाउनु भएको जानकारी दिनु भयो ।

गृहमन्त्री खाँणले भोली बस्ने सो बैठकले संसदमा देखिएका सबै समस्या समाधान हुने अपेक्षा समेत गर्नु भयो । सभामुख अग्नी सापकोटाले आईतबार पनि प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुसँग अवरुद्ध संसद सूचारु गराउन आग्रह गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार