संसद कहिले सुचारु हुन्छ ओलीजीलाई सोध्नु : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सूचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भएको बताउनु भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सभामुख अग्नीप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउने षडयन्त्रमा प्रत्यक्ष संलग्न भएको भन्दै आईतबारको प्रतिनिधिसभा बैठक पनि चल्न दिएन । संसद बैठक लगातार अवरुद्ध भईरहेका बेला प्रधानमन्त्री देउवाले संचारकर्मीहरुसँग कुरा गर्दै संसद बैठक सुचारु कहिले हुन्छ ? भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गर्नु भयो ।

एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्काशन गरेका सांसदलाई संसद बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिँदै आएको छ । आईतबारको बैठक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौं २९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार