काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय मर्यादा विपरितका गतिविधि बन्द गर्न पार्टीका सांसदहरुलाई कडा निर्देशन दिनु भएको छ । अध्यक्ष ओलीले वेल घेराउ गर्ने र तोकिएको नारामात्रै लगाएर हामी आफैले निधारण गरेर संसदीय मर्यादा, सीमाको ख्याल गर्न पनि पार्टीका सांसदहरुलाई सचेत समेत गराउनु भयो ।
एमालेका सांसदहरुले आफ्नो दल फुटाउन भूमिका खेलेको भन्दै प्रतिनिधिसभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध चर्का नाराबाजी लगाउने क्रममा माईक तान्ने र सभामुखलाई हिर्काउने लगायतका हर्कत गरेका थिए । त्यसप्रति सचेत गराउँदै उहाँले त्यसो नगर्न पार्टीका सांसदहरुलाई आग्रह गर्नु भयो ।
आईतबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सभामुख सापकोटाले पदीय आचरण विपरित काम गरेकाले सांसदको अवरोध गर्ने जारी गर्ने पनि स्पष्ट पार्नु भयो । अध्यक्ष ओलीले सरकारले ल्याएको बजेटसम्बन्धि प्रतिस्थापन विधेयकले सत्ताहरु दलहरुभित्रै फुट लाउने दावी समेत गर्नु भयो ।
पाँच लाख गरिवलाई १०÷१० हजारका दलले राहत दिने व्यवस्थासहित सरकारले ल्याएको बजेटले सत्तारुढ दलहरु आफ्नै पनि हित नगर्ने अध्यक्ष ओलीको तर्क थियो । सो प्रतिस्थापन विधेयकमा घण्टाघर भत्काउने कुरा उल्लेख गरिएको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले वर्तमान सरकारले घण्टाघर बनाउन नसक्ने पनि बताउनु भयो ।
अध्यक्ष ओलीले सभामुखका कारण सरकारले ल्याएको प्रतिस्थापन विधेयक पनि सहज ढंगले अघि बढाउन सक्ने अवस्था नभएको पनि स्पष्ट पार्नु भयो । उहाँले बजेटसम्बन्धि प्रतिस्थापन विधेयक पेश गर्ने बेलामा अर्थमन्त्री जनार्दन शर्माले संसदीय मर्यादा विपरितका गतिविधि देखाएको आरोप पनि लगाउनु भयो ।
अध्यक्ष ओलीले सभामुख सापकोटा आफै आफ्नो पार्टीलाई फुटाउने षडयन्त्रमा सामेल भएर पदीय दूरुपयोग गरेको भन्दै पटक पटक आक्रोश समेत व्यक्त गर्नु भयो ।