रक्तदान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं: नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा नेपाल ठ्रङ्गु ल्हाक्समद्वारा रक्तदान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बौद्ध स्थित यूटर्न होटेलमा आयोजित कार्यक्रमलाई उद्घाटन  प्रमुख अतिथी नेपाल शेर्पा संघका केन्द्रीय उप-महासचिव फुर्बा तेन्जिङ शेर्पाले गर्नु भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि शेर्पाले रक्तदान गरेमा मुटुलाई स्वाथ्य राख्न, क्यान्सरको जोखिमबाट बच्न, कोलेस्ट्रोल कम गर्न जस्ता विभिन्न फाइदाहरु हुने बताउनुभयो । रक्तदान जीवनदान जस्तो मानवीय कार्यमा युवापिढिले सकृय भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो  ।      

नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम अधिकृत सन्देश थापाले रक्तदानको महत्ववारे प्रकाश पार्दै रगतको अभाव हुन नदिन यस्तै सामाजिक संस्था तथा युवाहरुले उल्लेखिय भूमिका खेल्नु पर्ने बताए ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।  कार्यक्रमलाई समापन गर्ने क्रममा ठ्रङ्गु ल्हाक्समका अध्यक्ष कर्मा शेर्पाले कार्यक्रम अधिकृत थापाको प्रस्तुतिकारणबाट रक्तदान जस्तो मानवीय कार्यमा युवाहरु अभिप्रेरित हुने दावी गर्नु भयो । शेर्पाले भविष्यमा पनि संस्थाले सेवामुलक सामाजिक कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी सहित सहभागी सबैलाई धन्यवाद दिनुभयो  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार