काठमाडौं : पछिल्लो २४ घन्टामा थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ६ हजार १३७ जनाको पीसीआर र ३ हजार ७०३ जनाको एन्टीजेन गरी ९ हजार ८४० जनामा गरिएको परीक्षणका क्रममा ९९४ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ ।