खोटाङ : सुत्केरी ब्यथाले गम्भिर खोटाङकी महिलालाई हेलिकोप्टरबाट उद्दार गरिएको छ । सुत्केरी ब्यथाकै कारण स्वास्थ्य अवस्था गम्भिर भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ स–छितापोखरीकी २९ वर्षीया तारा राईलाई हेलिकोप्टरमार्फत बिराटनगर पु¥याईएको हो ।
राईको जिल्ला अस्पतालमा उपचार हुन नसकेको रिपोर्ट गरेपछि शनिबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकोप्टरबाट उद्दार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताउनुभयो ।ताराको कोशी अस्पताल बिराटनगरमा भर्ना गरिएको उनको श्रीमान जीतकुमार राईले बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत जिल्लाबाट हालसम्म १५ जना गर्भवती तथा सुत्केरी महिलाको उद्दार गरिएको छ।