उत्पन्न विवाद समाधान नभए नगरअधिवेशन सञ्चालन हुन नदिने चेतावनी

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका –७ मा देखिएको विवाद समाधान नगरी अगाडी बढ्न खोजे नगरअधिवेशन हुन नदिने कांग्रेसका असन्तुष्ट पक्षले चेतावनी दिएको छ । पार्टीभित्र जवरजस्त गुट निर्माण गरि एकलौटी ढंगले वडा अधिवेशन सम्पन्न नभइकन नै सकिएको भनि झुट्टा प्रचार गरिएको भन्दै विवाद हल नगरि अगाडी नबढ्न नेता राजकुमार प्रधानले आग्रह समेत गर्नुभयो ।

आन्तरीक खिचातानाका कारण विवाद उत्पन्न भएपछि कांग्रेसको १४ औँ महाधिवेशनका लागि जिल्लामा खटिनुभएका निर्वाचन अधिकारी कैलाश गुरुङले दुवैपक्षलाई छलफलमा बोलाएपनि शुक्रबारको छलफल बिना निस्कर्ष टुंगीएको छ । विगत वर्षदेखिनै पार्टीमा देखिएको दुईगुटका दुई/दुई जना प्रतिनिधि बसेर विवाद समाधानका लागि छलफल गरेको भएपनि अडानबाट पछि नहट्दा विवाद कायम रहेको निर्वाचन अधिकृत गुरुङले सोलु एफ.एम.संग बताउँनुभयो ।
जिल्ला स्तरको निर्वाचन अधिकृतबाट समाधान नहुने भन्दै माथिल्लो निकायमा पुग्ने बताउँदै दुवैपक्ष बाहिरिएको गुरुङको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार