काठमाडौं: मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्नु भएको छ । उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच शनिबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा भेट भएको हो ।
भेटमा उपाध्यक्ष सुमारले संसदबाट यथाशिघ्र एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । जवाफमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय अहिले छलफलकै क्रममा रहेको बताउनु भयो ।
बिहीबार काठमाडौं आउनु भएको एमसीसी उपाध्यक्ष सुमारले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायतसँग भेट गर्नु भएको थियो ।