सोलुखुम्बु : साेलुदुधकुण्ड नगरपालिका -२ का वडा अध्यक्ष समेत रहनुभएका काँग्रेस नेता मिङ्मार शेर्पाले नेपाली काग्रेसको नगरसभापतिमा उम्मेद्धारी दिने घोषणा गर्नुभएको छ । नगरपालिका वडा नम्बर २ का निर्वाचित वडा अध्यक्ष समेत रहनुभएका काग्रेस नेता शेर्पाले भदौ २७ गते हुने पालिकाको निर्वाचनमा सभापति पदमा उम्मेद्धार दिने एक कार्यक्रमका बीच घोषणा गर्नुभएको हो ।
विद्यार्थीबाट आफने राजनीतिक यात्रा सुरु गर्नुभएका शेर्पाले वडा सभापति हुँदै नगरपालिकाको सभापतिमा पुर्वमन्त्री बलबहादुर के.सी. सहितको समर्थनमा उम्मेद्धारी दिन पाउनु युवापुस्ताको लागि खुसीको कुरा रहेको बताउँनुभयो । काग्रेसलाई गुट उपगुटबाट टाढा राख्ने कोशीस गरेको भएपनि सानो झुण्डमा रमाउने पार्टीका नेताहरुका कारण चुनावी प्रक्रियामा जानुपर्ने बाध्यता सृजना हुने उहाँको भनाई छ ।
यस अघि पुर्व सभापति आङगेलु शेर्पा पक्षमा देखिनुभएका शेर्पाले धार परिवर्तन गर्दै पुर्व मन्त्री बलबहादुर के.सी. सहितको समर्थनमा उम्मेद्धारी दिने हुनुभएको हाे ।
सोही कार्यक्रमलाई संबोधन गर्दै पुर्व मन्त्री एवम् कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर के.सी.ले अन्तरघातका कारण काग्रेस कम्जोर भएको बताउँनुभयो । १४ औँ महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा पार्टीको मतबाट निर्वाचित नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको कारण हुन नसकेको भन्दै झुण्डको नेतृत्वमा रमाउँदै सरकारी बजेट खर्च गरको दावी गर्नुभयो ।
काग्रेसबाट निर्वाचित वडा अध्यक्ष सहित सदस्यलाई एकसाथमा लाने दायित्व मेयरको भएपनि त्यो भूमिकाबाट बाट टाढा रहदै पार्टीको कुनैपनि कार्यक्रममा सहभागी नुहुनु गलत भएको टिप्पनी गर्नुभयो ।
नेपाली कांग्रेसको सोलुदुधकुण्ड नगरसभापतिका प्रत्यासी मिङ्मार शेर्पा यस अघि मेयर नाम्गेल जाङ्बु शेर्पाकै पक्षमा हुनुहुन्थ्यो । तर मेयर शेर्पाको कार्यशैलि प्रति असन्तुष्ट बन्नुभएका शेर्पा पछिल्लो समय कार्यपालिका बैठकमा समेत सहभागी हुनुभएको थिएन ।
१४ औं अधिवेशनमा पनि गुटउपगुटको प्रभाव
५२ वडा मध्ये तीन वटा बाहेकमा सर्वसहमतिमा वडा नेतृत्व सहित प्रतिनिधि छनौट गरेको काग्रेसको पालिका, क्षेत्रीय र जिल्ला निर्वाचनमा भने गुटउपगुटको प्रभाव पर्ने देखिएको छ ।
१३ औँ महाधिवेशन पनि दुई पक्षको विवादका बीच सम्पन्न भएको थियो । एकापक्षले महाधिवेशन नभएको भन्दै सभापति बिनोद बस्नेत आधिकारीक नभएको बताउँदै आएको थियो भने अर्कोपक्षले नियम संगत सम्पन्न भएको दावी गर्दै आएको थियो ।