काठमान्डाै : सर्वसाधरणका लागि पशुपतिनाथको मन्दिर आजदेखि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना त्रासका कारण बन्द गरिएको पशुपतिनाथको मन्दिर आज बिहान क्षमा पूजा गरेपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।
पशुपति क्षेत्रविकास कोषका अनुसार नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गएको बैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने कोषले जनाएको छ ।
एकपटकमा २५ जना भक्तजनलाई मन्दिर प्रवेश गराइने र मास्क अनिवार्य गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ ।
साढे चार महिनापछि खुलेको मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको कोषले जनाएको छ ।