काठमाडौं : नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यो हप्ताको अन्तिम कारोबारको दिन आज शुन्य दशमलव ६२ अंकले गिरावट आएको छ । नेप्से आज सामान्य अंकले घटेर २ हजार ८ सय ७५ दशमलब ९८ विन्दुमा थामिएको छ ।
आज नेप्सेमा ७ अर्ब ५० लाख बराबरको मात्रै कारोबार भएको छ । जीवन बीमा कम्पनी, जलविद्युत कम्पनी र इन्भेष्टमेन्ट र ट्रेडिङ समूह बाहेक सबै समुहमा गिरावट देखिएको छ । नेप्सेमा साताको चौथो कारोबारको दिन बुधबार समेत उच्च अंकको गिरावट आएको थियो । आज सबैभन्दा बढी फाइनान्स समूहको इन्डेक्समा ३६.४३ अंकको गिरावट देखिएको छ ।