काठमाडौं : एमसीसी सम्झौताको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । आज एमसीसी उपाध्यक्ष फतिमा सुमार तथा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको नेपाल आगमनको विरोधमा कोटेश्वरमा निकालेको जुलुसबाट ३५ जना भन्दा धेरै पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य तथा प्रदेश नं ३ का सचिव सुरेश श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष ईश्वर तिमल्सिनालगायत रहेका छन् । पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।