थप १२७१ जनामा कोरोना संक्रमण,१४ जनाको मृत्यु

काठमाडौं: पछिल्लो २४ घण्टामा थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १२७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेका छन् । जसमध्ये २६ हजार ८८६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ४५८ जना आईसीयू र १३९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १८४५ रहेको छ भने कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार