काँग्रेस वडा अधिवेशन ‍‌- सोलुदुधकुण्ड ७ का दुवै पक्ष सँग छलफल गरिने

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : विवादका बीच सोलुदुधकुण्ड नगरपालिका–७ को वडा अधिवेशन सम्पन्न भएको छ । एउटै पार्टीमा देखिएको दुई समुहबीच कुरा नमिलेपछि एका समुहले अधिवेशननै बहिस्कार गरेको जनाएको छ भने अर्को समूहले अधिबेशन सम्पन्न भएको दावी गरेको छ ।

एकापक्षले एकलौटी गर्न खोजेको भन्दै बहिस्कार गरेको समुहले निर्वाचन अधिकृतलाई लिखित रुपमा जानकारी गराएको छ । यस्तै अर्को समूहले भने निर्वीरोध सम्पन्न भएको सामाजिक सञ्जालमा पोष्ट गर्दै बधाई दिएका छन् ।

नेपाली काँग्रेस सोलुदुधकुण्ड नगरपालिका–७ गार्माका दुई पक्षमा विभाजित क्रियाशिल सदस्यलाई छलफलमा बोलाइएको छ । मंगलबार वडामा भएको अधिबेशनका क्रममा दुइपक्षबीच विवाद भएपछि आवश्यक छलफलमा बोलाएको जिल्लामा खटि आउँनुभएका निर्वाचन अधिकृत कैलाश गुरुङले बताउँनुभयो ।

कांग्रेसका ५६ जना क्रियाशिल सदस्य रहेको वडामा १७ जनाले निर्वाचन बहिस्कार गरेको जानकारी सहित निवेदन पेस गरेको उहाँको भनाई छ । दुवैपक्षबीच भएको सहमति विपरित एकलौटी ढंगले वडा अधिवेशन गर्न खोजेपछि बहिस्कार गरेको कांग्रेस नेता राजकुमार प्रधानले बताउँनुभयो । प्रतिनिधि छनौटका क्रममा विवाद भएपछि आफुहरुको सिंगो समुदायनै काग्रेसको वडा अधिवेशन बहिस्कार गर्न पुगेको उहाँको धनाई छ ।

असन्तुष्ट पक्ष मध्यका एक सदस्यले वडा उपसभापतिमा उम्मेद्धारी दर्ता गराएको भएपनि अधिवेशन बहिस्कार गर्दै फिर्ता गरेको मतदान अधिकृत देउ कुमार थापाले बताउँनुभयो । एकापक्षले बहिस्कार गरेको भएपनि प्रक्रियागत ढंगबाट वडा अधिवेशन सम्पन्न भएको उहाँको भनाई छ । निर्वाचन मतदान अधिकृत थापाका अनुसार दोमी शेर्पाको सभापतित्वमा १५ सदस्यीय वडा कार्यसमिति चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार