सोलुखुम्बुमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  नेपालन्यूजसाईट समाचारदाता

थुलुङदुधकोशी : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–८ दिप्लीघाटमा ट्रयाक्टर  दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ । सल्लेरीबाट सोताङ जादै गरेको ट्रयाक्टर  दुर्घटना हुँदा चालक उदयपुरको कटारी घर भएका २५ वर्षीय रमेश राउतको मत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार विहान १० बजे लु ३ त ५४५० नम्बरको ट्रयाक्टर  दुर्घटना भएकोे हो । उक्त दुर्घटनामा परि सहचालक ऐसेलुखर्क खोटाङका १८ वर्षीय प्रदिप दहाल घाईते भएका छन् । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार