सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिकामा जित कुमार राईको अध्यक्षतामा ३५ सदस्य योङ कम्युनिष्ट लिग नेपाल (वाईसीयल)को नगर कमिटी गठन गरिएको छ । मंगलबार सल्लेरीमा सम्पन्न वाईसीयलको भेलाले राईको अध्यक्षमा नयाँ कमिटी गठन गरेको वाईसीयलका प्रदेश १ सदस्य रस्बीन मगरले जानकारी दिनुभयो ।
मगरका अनुसार कमिटीको उपाअध्यक्षमा निशा श्रेष्ठ, सचिवमा सोनाम शेर्पा, सहसचिवमा देविन श्रेष्ठ र कोषाअध्यक्षमा देविका राई निर्वाचित हुनुभएको छ । माओवादी केन्द्र सोलुखुम्बुका संयोजक गोम्बु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य सागर किराँती, सोलुखुम्बुका कार्यलय सदस्य हिमाल गिरी, ङिमातेण्डुप शेर्पा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संबोधन गर्दै पार्टीका संयोजक शेर्पाले सोलुदुधकुण्ड नगरपालिकामा वाईसीयलको संगठन मजबुद्ध बन्दै गएको भन्दै युवाको समस्या र स्वारोजगारको क्षेत्रमा नेतृत्व लिने गरि काम गर्न सुझाव दिनुभयो ।