सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका–७ का १७ जना सदस्यले वडा अधिवेशन बहिस्कार गरेका छन् । सर्वसम्मतरुपमा प्रतिनिधि छनौट नहुनेभएपछि वडा अधिवेशन बहिस्कार गरेका हुन् ।
पटक पटकको छलफल पछि भएको सहमति विपरित अधिवेशन सम्पन्न गर्न खोजेकाले बहिस्कार गरेको काग्रेस नेता राजकुमार प्रधानले बताउँनुभयो । एकलौटी ढंगबाट वडा समिति देखि क्षेत्रीय प्रतिनिधि समेत छनौट गर्ने उदेश्य सहित दवाब सृजना गरेपछि अधिवेशन नै बहिस्कार गर्नुपरेको उहाँको भनाई छ ।
उक्त वडामा काग्रेसका ५६ जना क्रियाशिल सदस्य रहेका छन् । जस मध्ये १७ जनाले बहिस्कार गरेको लिखित जानकारी सार्वजनिक गर्दै जिल्ला कार्यसमिति र कांग्रेसको जिल्ला निर्वाचन समितिलाई समेत बोदार्थ दिइएको छ ।
काग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले भने एकापक्षले एकलौटी गर्न खोजेकाले अधिवेशन बहिस्कार गरेको भन्ने जानकारी आएपनि बास्तवीकताका बारेमा अनविज्ञता प्रकट गर्नुभयो ।
यस्तै जिल्लामा खटि आउनुभएका निर्वाचन अधिकृत कैलाश गुरुङले अधिकांश वडामा सहमतिबाटै अधिवेशन सम्पन्न भएको जानकारी आईरहेको भएपनि बाहिस्कारको विषयमा थाहाँ नभएको बताउँनुभयो । यदि विवाद भएको खण्डमा मतदान अधिकृतको प्रतिवेदनको आधारमा निकास निकाल्ने उहाँको भनाई छ ।
जिल्लातहमा रहेको दुईसमुहको प्रभाव वडामा समेत देखिएको छ । सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य समेत रहनुभएका काग्रेस नेता सोनाम ग्याल्जेन शेर्पाले भने दोमी शेर्पालाई सर्वसम्मतरुपमा वडा सभापतिमा चयन गरिएको बताउँनुभयो । कुनैपनि विषयमा सहमति नभएको भन्दै शेर्पाले लिखित सहमति भए देखाउन चेतावनी दिनुभयो ।
यता अधिवेशन बहिस्कार गर्नुभएका राजकुमार प्रधानले भने सोनाम ग्याल्जेन शेर्पाकै कारण समस्या भएको बताउँनुभयो । संगठन निर्माण भन्दा पनि ध्वस्त पार्नेढंगबाट विभिन्न प्रपन्च रचिएको उहाँको दावी छ ।
यसैबीच, जिल्लाको अधिकांश वडामा नेपाली काग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । थुलुङ दुधकोशी–२ र नेचासल्यान–३ मा निर्वाचन हुने तयारी भएको जानकारी आएपनि अन्य स्थानबाट कुनैपनि खबर नआएको उहाँको भनाई छ ।