काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास नहुने घोषणा गर्नु भएको छ । मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल)को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै यस्तो घोषणा गर्नु भएको हो । उहाँले एमसीसी पास नहुने र अमेरिकालाई कुटनीतिक नोट पठाए पनि जवाफ जवाफ नआएपछि एमसीसी पास नहुने बताउनु भयो ।
प्रचण्डले माओवादी केन्द्र पनि संसदवादमा फस्दै गएको भन्दै संसदवादले राम्रो नगरेको बताउनु भयो । प्रचण्डले वाईसीएललाई संसदवादमा नफस्न निर्देशन दिँदै फौजी संरचना भएकाले एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताउनु भयो ।
उहाँले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहेर बस्न आग्रह समेत गर्नु भएको छ ।