काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १६७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार १११ जनाको पीसीआर र तीन हजार ९२३ जनाको एन्टिजेन गरी १५ हजार ३४ जनाको परीक्षण गर्दा एक हजार ६७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
पीसीआर परीक्षणबाट एक हजार ४२३ र एन्टिजेनबाट २५४ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा २०७२ जनामा कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७२ हजार १८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८५ हजार ७१३ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ३१ हजार जना निको भएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा २१ जनाको कोरोनाबाट निधन हुँदा मृतकको कुल संख्या मंगलबारसम्म १० हजार ८७९ पुगेको छ । हाल देशभर ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १५४ जना भेन्टिलेटरमा रहेका छन् भने ५१४ जना आईसीयूमा रहेका छन् ।