संखुवासभा : जिल्लामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका-१ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो। अहिले घटनास्थल तर्फ प्रहरी जाँदै गरेको बताइएको छ । उनिहरुको धारिलो हतियार प्रहार गरि हत्या गरेको खबर आएपनि थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।