अखिल (क्रान्तिकारी) सोलुखुम्बुको सम्मेलन सम्पन्न, अध्यक्षमा कुमार जमरकट्टेल निर्वाचित

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : अखिल (क्रान्तिकारी) सोलुखुम्बुको नयाँ जिल्ला कार्यसमितिको अध्यक्षमा कुमार जमरकट्टेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । सल्लेरीमा आइतबार सम्पन्न आठौं जिल्ला सम्मेलनबाट अध्यक्षमा कटेल सहित ५१ सदस्य नयाँ कार्यसमिति गठन गरिएको अखिल (क्रान्तिकारी) सोलुखुम्बुले जनाएको छ ।

नयाँ जिल्ला कार्यसमितिको उपाअध्यक्षमा कविता मगर र सोनाम शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ भने सचिवमा अर्जुन खालिङ राई रहनुभएको छ । यस्तै सहसचिवमा रुद्र खलिङ राई, कविता श्रेष्ठ र कोषाअध्यक्षमा रामकृष्ण कुलुङ निर्वाचित हुनुभएको छ ।

जिल्ला समन्वय समितिको समिक्षाहलमा अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाअध्यक्ष पन्चा सिंहले आइतबार सम्मेलको उद्घाटन गर्नुभएको विद्यार्थी नेता रामकिरण राईले जानकारी दिनुभयो । कार्यक्रममा संबोधन गर्ने नेताहरुले विद्यार्थीको अधिकार स्थापित गर्ने सवालमा अखिल क्रान्तिकारीको भुमिका उल्लेखनिय हुनुपर्नेमा जोड दिएका छन् ।

यस्तै केन्द्रीय उपाअध्यक्ष पन्चा सिंहले संविधानमा उल्लेख भएका विद्यार्थीको माैलिक हक तथा अधिकारलाई व्यवहारीक कार्यन्वयनका लागि शसक्त ढंगले लाग्ने बताउँनुभयो । शिक्षा क्षेत्रमा देखिएको अन्तर तथा असमान्ताको खाडल पुर्ने काममा अखिल क्रान्तिकारीले नेतृत्व गर्ने उहाँले दावी गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्र साेलुखुम्बुका जिल्ला अध्यक्ष गाेम्बु शेर्पा, सचिव असिम राई, जिल्ला नेता ध्रव पराजुली, हिमाल गिरी, ङिमा तेण्डुप शेर्पा, समन्य उपप्रमुख धर्मराज बन लगायतकाे उपस्थिति रहेकाे थियाे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार