काठमाडौं: नेपाल र भारतबीच दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भईरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ ९असोज १५ देखि ३०० गतेसम्म आयोजना हुने तालिका रहेको छ। नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
कोभिड महामारीकै बीच भएको खेलमा दर्शकको राम्रै उपस्थिति रहेको छ । सरकारले ३ भागको एक भाग मात्रै दर्शकलाइ रंगशाला प्रवेशको अनुमति दिएको छ ।