काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर एक हजार ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको सात हजार ९७१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५३४ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार पाँच हजार १७० जनाको पिअिसार परीक्षण गर्दा ९७६ र दुई हजार ८०१ जनाको एन्टीजेन परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको हो। शभर ३१ हजार २४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २९ हजार ८१ होम आइसोलेसनमा रहेका छन्।
संस्थागत आइसोलेसनमा दुई हजार १६७ संक्रमित छन् भने ५२३ जना आइसियुमा र १६२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २६६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर एक हजार ५३४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २० एक जना संक्रमितको मृत्यु भएको छ।
दे