सोलुखुम्बु : नेकपा (एकीकृत समाजबादी) सोलुखुम्बुले जिल्लामा पार्टी कार्यालय स्थापना गरेको छ । सोलु दुधकुण्ड नगरपालिका–५ जिल्ला समन्वय समितिको समिक्षा हल नजिकै तीन कुनेमा कार्यालय स्थापना गरिएको विद्यार्थी नेता तेन्जी शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाका अनुसार कार्यालय स्थापना बारे जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइएको छ । यस अघि गठन गरिएको नेकपा एमालेको समानन्तर कमिटी बिहिबार मात्रै नेकपा (एस)मा समाहित भएको थियो ।
जिल्ला अध्यक्ष दोर्जी जाङ्बु लामा, सचिव डिल्ली राई सहितको उपस्थितिमा भएको उक्त भेलाले १६ सदस्य सचिवालय समेत गठन गरेको छ । यस्तै विभिन्न जनवर्गिय संगठनको इन्चार्ज पनि तोकेको छ ।