गुणस्तरीय सञ्चार सेवाका लागि प्रक्रिया अगाडी बढाउन साम्सद राईकाे निर्देशन

  नेपालन्यूजसाईट समाचारदाता

साेलुखुम्बु : सोलुखुम्बु जिल्लाका संघीय सांसद हेम कुमार राई (शुरवीर)ले जिल्लाको सम्पुर्ण गाउँबस्तीमा फोरजी सहितको सञ्चार सेवा विस्तारको प्रक्रिया अगाडी बढाउन निर्देशन दिनुभएको छ । नेपाल टेलिकम सल्लेरी शाखाका प्रमुख मोहमद अकबर अलीलाई उहाँकै कार्यकक्षमा भेटी नागरिककाे गुणासाे बढेकाे भन्दै तत्काल सेवा विस्तारको प्रक्रिया अगाडी बढाउन निर्देशन दिनुभएको हो ।

अप्टिकल फाइबर मार्फत उच्च गतिको इन्टरनेट, आवाज र दृश्य सेवा प्रदान गर्ने उदेश्यले भइरहेको कार्यको प्रगति माग गर्दै सांसद राईले तत्काल उक्त कार्य पुरा गर्न पनि निर्देशन दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाही सहित टेलिकम पुग्नुभएका सांसद राईले फाइबर बिछ्याउने कार्य ढिला भएको भन्दै कहि कतै समस्या वा अवरोध भएमा सहजीकरण गरिने हुँदा ठेकेदारलाई ताकेता गर्न सुझाव दिनुभयो । प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले तत्काल ठेकेदारलाई बेलाएर वास्तवीकता बुझि थप निर्देशन दिने बताउँनुभयो ।

चार स्थानमा टावर थप गर्न सुझाव 

यस्तै, जिल्लाको माप्यदुधकोशीको ठुलढुंगा, थुलुङ दुधकोशीको बुडिडाँडा, सोलुदुधकुण्ड नगरपालिकाको कुनिखोप र महाकुलुङमा पनि रिपिटर टावर राख्नका लागि प्रक्रिया अगाडी बढाउनुपर्ने बताउँनुभयो । यता कार्यालय प्रमुख महमद अकबर अलीले जिल्लामा भइरहेको सेवा विस्तारका बारेमा आवश्यक जानकारी सहित थप टावर विस्तार गर्न प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा कार्यालयबाट औपचारीक रुपमा माग निवेदन आएपछि प्रक्रिया अघि बढ्ने भन्दै प्रमुख आलीले उक्त कार्यमा सहयोग गर्न अनुरोध गर्नुभयो ।

विभिन्न रिपिटर टावरमा विद्युतको भरपर्दो व्यवस्था नहुँदा समस्या देखिएकाले सोलार समेत जाडान गरिएको उहाँको भनाई छ । विद्युतको केन्द्रीय प्रशारण लाइन गाउँगाउँमा विस्तार नभएसम्म टेलिफोनमा देखिएको समस्या तत्काल समाधान नहुने भन्दै त्यस तर्फ जोड दिनपनि आग्रह गर्नुभयो ।

१३ टावरबाट फाेरजी सेवा 

जिल्लामा रहेको २९ वटा टावर मध्ये १३ वटा टावरबाट फोरजी सेवा  प्रवाह भइरहेको नेपाल टेलिकम ओखलढुङगाले जनाएको छ । अन्य टावरहरु समेत फोरजी सेवा बिस्तारको काम भइरहेको कार्यालय प्रमुख दिनेश चन्द्र पन्थीले जानकारी दिनुभयो । दशैबाट जिल्ला भरि फोजरी सेवा बिस्तार गरिसक्ने कार्यालयले जनाएको छ ।  पछिल्लो समय जिल्लाको विभिन्न गाउँमा फोरजी टावर निर्माण भई सञ्चालनमा आएको छ । गाउँगाउँमा फोरजी सेवा सञ्चालनमा आएपछि घरैमा बसेर इमेल इन्टरनेट सञ्चानल गर्न पाएको भन्दै स्थानीयवासीले पहल कर्तालाई धन्यवाद दिदै खुसी व्यक्त गरेका छन् ।

फाइबर  बिछ्याउने कार्य प्रभावीत

सोलुखुम्बुमा नेपाल टेलिकमले  बिस्तार गरेको अप्टिकल फाइबर बिछयाउने काम प्रभाबित बनेको छ ।  साल्मेको २ किलोमिटर क्षेत्रमा अण्डरग्राउन गर्न  समस्या भएकाले काम प्रभाबित बनेको नेपाल टेलिकम ओखलढुङगाले जनाएको छ ।

अण्डरग्राउन गर्न समस्या हुने ठाउँमा बिद्युतको पोलबाट तार टाग्नुपर्ने  भएपनि ११ केभिको  प्रसारण लाइनको काम भइरहेकाले  ढिलाई भएको कार्यालय प्रमुख दिनेश चन्द्र पन्थीले जानकारी दिनुभयो ।  रेडियो लिकंबाट सञ्चार सेवा प्रदान गर्दै आएको टेलिकमले अब भने  फाइबर मार्फत सेवा प्रभाह गर्ने  भएको छ ।  हाल सोलुखुम्बुमा उदयपुरबाट पत्ताले हुदै सल्लेरी सम्म रेडियो लिकंबाट टेलिकमको सञ्चार सेवा प्रभाह भईरहेको छ ।

परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकको सेवालाई अपग्रेड गर्दै उच्च गुणस्तरको फाईबर प्रविधिबाट एडिएसएल इन्टरनेट प्रबाह हुने नेपाल टेलिकम सल्लेरी शाखाले जनाएको छ । परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकको घरसम्म अप्टिकल फाइबर पुर्याइ आवाज, उच्च गतिको इन्टरनेट, दृश्य सेवा प्रदान गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । साेलु एफएम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार