सत्तारुढ गठबन्धनलाइ दिए ईश्वर पाखरेलले ‘टालाटुली’को संज्ञा

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव ईश्वर पाखरेलले सत्तारुढ गठबन्धनलाई ‘टालाटुली’को संज्ञा दिनु भएको छ । महासचिव पोखरेलले सत्तारुढ गठबन्धन धेरै दिन टिक्न नसक्ने दावी समेत गर्नु भयो ।

सोमबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने गरी अघि बढने पनि बताउनु भयो । महासचिव पोखरलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेभित्रको गुटबन्दीको कारण आफ्नो पार्टीमा विभाजन आएको पनि स्मरण गराउनु भयो ।

उहाँले पार्टीको आगामी महाधिवेशनमा आफू पनि अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको बताउनु भयो । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसावले आफू कुनै पनि जिम्मेवारी लिन सक्षम रहेको बताउनु भयो । तर त्यसका लागि परिस्थितिको ख्याल गरेर आफू अघि बढने उहाँको भनाई छ ।

नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल बैशाख बैशाख १० गते भित्र सम्पन्न गरिसक्नु पर्नेछ । महासचिव पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरिएको पनि स्पष्ट पार्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार