स्वास्थ्य उपचारपछि झलनाथ खनाल फर्किए स्वदेश

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किनु भएको छ । उहाँ सोमबार भारतको एपोलो अस्पतालमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किनु भएको हो । नेता खनाल साढे २ महिनाअघि गत असार २ गते भारत जानु भएको थियो । भारतमा खनालले मिर्गौला ट्रान्सप्लान्ट गर्नुभएको थियो ।

स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा खनालले आफ्नो स्वास्थ्य उपचारमा सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गनुृ भयो । खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष माधवकुमार नेपाल, नेताहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल, गंगालाल तुलाधर लगायतका नेताले स्वागत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार