अमेरिकाद्वारा अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण

एजेन्सी : अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ । आतंकवादी आक्रमण रोक्न ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन् । इस्लामिक स्टेटको अफगान समूह आइएस–के का सवारी साधनलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

आक्रमणमा काबुल विमानस्थलमा आत्मघाती आक्रमण गर्ने एक संदिग्ध पनि मारिएको अमेरिकी सेनाले दाबी गरेको छ । अमेरिकाले अफगानिस्तानमा कारबाही जारी राख्ने बताएको छ । तालिबानविरुद्ध दुई दशक लडेर फर्किएको अमेरिकाले इस्लामिक स्टेटविरुद्ध कारबाही गर्न भन्दै पुनः केही समय अफगानिस्तानमा बस्ने बताएको छ ।

गत बिहीबार काबुलस्थित हामिदकारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै आत्मघाती बम आक्रमण हुँदा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको मृत्यु भएको थियो । सो आक्रमणको जिम्मा आइएस–के ले लिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनका अनुसार काबुल विमानस्थलमा भएको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा आक्रमण जारी राख्ने निधो गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार