नेपाललाई साथ दिने नेताहरु एमालेमै फर्किनुस : महेश बस्नेत

काठमाडौं:  नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपालले मन्त्री पदका लागि सांसदलाई शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको बताउनु भयो ।

शनिबार युथ फोर्सले ललितपुरको लुभुमा गरेको कार्यक्रममा उहाले नेता नेपालको कडा आलोचना गर्दै मन्त्री पदका लागि सांसदहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पाउमा चढाउन लागेको बताउनु भएको हो । माधव नेपाले आफू नेतृृत्वमा हुँदा एमालेलाई ३३ सिटमा झारेको र माओवादीमा बिलय गराउन खोजेको पनि बस्नेतले आरोप लगाउनु भयो ।

बस्नेतले भन्नु भयो माधव नेपालले झलनाथ खनालको साथ लिएर पार्टीलाई माओवादीमा विलय गराउँदै हुनुहुन्थ्यो, त्यतिबेला केपी ओलीले रोक्नुभयो , सांसद बस्नेतले माधव नेपाललाई साथ दिने नेताहरुलाई एमालेमै फर्किन आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार