काठमाडौं : एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले महासागर जत्रो पार्टी भएको बताउनु भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले यस्तो बताउनु भएको हो ।
उहाँले एमालेसंग कोही लड्न नसक्ने भन्दै जति मोर्चाबन्दी गरेपनि एमाले नै सबै भन्दा ठुलो पार्टी भएको बताउनु भयो । ओलीले एक दर्जनका १० वटा पार्टी मिल्यो भने १० दर्जन नै त हुन्छ र १० दर्जनको मोर्चा कसेर एमालेसँग लड्ने ?’ कटाक्ष गर्नु भयो । उहाँले भन्नु भयो, अरुले मोर्चाले कसुन्, नेकपा एमाले ढोडका लौरा समातेर जंघार तर्ने पार्टी होइन, यो पार्टीसँग पौडिएर तर्ने क्षमता छ ।
पार्टी फुटाएर गएका माधव नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भएका उनले महासागरजत्रो पार्टीमा पौडी खेल्न पुगेन भनेर खाल्डो खनेको बताउनु भयो । उहाँले माधव नेपाल प्रतिक्रियावादीसँग मिलेको भन्दै त्यस्ता मान्छे पार्टीबाट बाहिरिएर कुनै फरक नपर्ने बताउनु भयो ।