प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं :प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सत्ता गठबन्धन दलहरूको रणनीति र मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

देउवालाई भेट्न प्रचण्ड शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको हो । सरकारलाई यथाशिघ्र पूर्णता दिने दिनेबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार