काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४३३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३७४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
९ हजार ७०२ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ५२ र चार हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५०५ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार ९२९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३५ हजार ३५४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३० संक्रमित छन् भने ६२० जना आइसियुमा र १६५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। पछिल्लो २४ घण्टामा २६ जना संक्रमितको मृत्यु भएको छ।