काठमाडौं: प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद सम्महाल्नु भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको सपथ लिएसँगै आचार्यले पद सम्महालनु भएको हो ।
निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई सफल कार्यकालको कामनासहित बधाई दिनु भयो । एमाले केन्द्रमा एकता कायम भएसँगै प्रदेश १ को मुख्यमन्त्री परिवर्तन भएको हो । राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएर मुख्यमन्त्री बन्नु भएको हो ।