काठमाडौं: पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजावदी) पार्टी संघीय संसदको चौथो ठूलो दल भएको छ । एकीकृत समाजवादीमा संघीय संसदमा ३० जनाभन्दा धेरै सांसद रहेका छन् ।
प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका ७ जनाले निर्वाचन आयोगमै उपस्थित भएर सनाखत गरेका थिए । पार्टीका वरिष्ठ नेता रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतमा उपचार गराइरहेको दुतावासमार्फत सनाखत गराउनुभएको थियो । एकीकृत समाजवादीमा सनाखत गरेका बाहेक सांसद पनि लागेका छन् ।
विभाजित भए पनि संसदमा ठूलो दल भने नेकपा एमाले नै भएको छ । एक सय २१ जना प्रतिनिधि सभा सदस्यमध्ये एमालेमा ९९ जना सांसद छन् । संसदमा दोस्रो ठूलो दल नेपाली कांग्रेस, तेस्रो माओवादी केन्द्र, पाँचौ नसपा र छैटौ लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् । संघीय संसदमा राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपाका पनि एक–एक सांसद छन् ।