कांग्रेसको पौडेल पक्षका जिल्ला सभापतिहरु आजबाट रिले अनशनमा

काठमाडौं : कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले अनशन थालेका छन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै बुधबारदेखि जिल्ला सभापतिहरुले २४ घण्टे रिले अनशन सुरु गर्न लागेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशन सुरु गरिएको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिनुभयो । आज केसीसहित काभ्रेका सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमला अनसन बस्नुभएको छ ।

प्रत्येक दिन नयाँ तीन जिल्ला सभापति अनशनमा बस्ने केसीले जानकारी दिनुभयो । कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार