खोला तर्नेक्रममा साेलु दुधकुण्डका नगर प्रहरी बेपत्ता

  नेपालन्यूजसाईट समाचारदाता

साङ्केतिक तस्बीर

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिकामा कार्यरत नगरप्रहरी खोलामा बेपत्ता भएका छन् । नगरपालिका वडा नम्बर २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकल सहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

सोही नगरपालिकाको वडा नम्बर ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश ३ १०२००८ प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिडेको बुझिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक (डिएसपी) कवित कटवालले जानकारी दिनुभयो । मंगलबार दिउँसो १२ बजे घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझै सम्म बेपत्ता छन् । उनको खोजीका लागि ठुलो संख्यामा जनपथ प्रहरी सहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भएपनि खोला बढेकाले समस्या भएको प्रनाउ कटवालको भनाई छ ।

गत वर्ष पनि सोही खोला तर्नेक्रममा एक पुरुषलाई बगाएकोे वडा अध्यक्ष मिङमार दोर्जी शेर्पाले बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार