नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले दिए राजिनामा

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिनुभएको छ । ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद गरेपछि विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत साउदले मंगलवार पदबाट राजिनामा दिनुभएको हो ।

पदबाट राजिनामा दिएसँगै पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफुले विद्यमान नियम, कानून अनुरुप नै सेयर खरिद गरेको बताउनुभयो । अन्तर्राष्ट्रिय कानूनलाई परिभाषित गर्दै आफुलाई दोषारोपण गरिएको भन्दै उहाँले सरकारले छानविन समिति समेत बनाएको सन्दर्भमा सरकारलाई सघाउनका लागि आफुले राजिनामा दिएको उल्लेख गर्नुभयो ।

उहाँले आफ्नो कार्यकालमा नेपालको लगानीकर्ता र नेपालको पुँजिबजारको विकास र विस्तारका लागि गर्नुपर्ने हरदम कोसिस गरेको बताउनुभयो । दैनिक रुपमा डेढ अर्बको कारोबार हुने बजार आज २१ औँ अर्बको कारोबार हुनसक्ने अवस्थामा पु¥याएको उहाँको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार