थप १,८०१ संक्रमित थपिए, १ हजार ९२४ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३२६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५४८ र एन्टिजेन विधिबाट २५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ५३३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेका छन् । जसमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ६७९ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार