पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं : दक्षिणी रसुवाको कोलडाँडामा घरमाथिबाट आएको पहिरोका कारणे घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । नौकुण्ड गाउँपालिका–५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो ।

बेपत्ता भएका अर्का एक बच्चाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएका थिए । श्यामबहादुर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार