काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एमाले फुटेको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनु भएको हो ।
फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी)राखिएको छ । चुनाव चिन्ह खुल्ला किताब प्रस्ताव गरिएपछि अर्कै पार्टीसँग जुधेकाले हाललाई कुनै निर्णय भएको छैन । नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको बताउनु भयो ।
नयाँ पार्टीमा नेता नेपाल नै अध्यक्ष रहनु भएको छ भने झलनाथ खनाल वरिष्ठ नेता रहनु भएको छ । नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताउनु भयो ।