कोरोनाको केस बढ्दै जाँदा अस्पतालका बेडहरु भरिन थाल्यो:भूपेन्द्र बस्नेत

काठमाडौं : वीर अस्पतालका निर्देशक डा. प्राध्यापक भूपेन्द्र बस्नेतले पछिल्लो केही दिन यता कोरोना भाइरसका बिरामीहरु बढ्दै गएकोले अस्पतालमा बेडहरु भरिन थालेको बताउनुभएको छ । कोरोनाको तेस्रो लहरको तयारीको छलफलका लागि मंगलवार सिंहदरवारमा बसेको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको बैठकमा निर्देशक बस्नेतले अस्पतालहरुमा कोरोना संक्रमितहरु बढीरहेकोले बेडहरु भरिन थालेको बताउनुभएको हो ।

उहाँले अस्पतालका आइसीयू र सघन उपचार कक्षहरु कोरोना संक्रमितले बढी भरिएको बताउनुभयो । कोरोनाको तेस्रो लहरबाट बच्नका लागि वीर अस्पतालले ४५ वटा कोभिड डेडिकेट आइसीयू सञ्चालन गरिरहेको र अन्य २० वटा आइसीयूहरु १÷२ दिनमै चलाउने बताउनुभयो । उहाँले कोरोनाबाट बचाउनका लागि अन्य आवश्यक कुराहरु थप्दै जाने बताउनुभयो ।

निर्देशक बस्नेतले तेस्रो लहरको कोरोनाबाट बच्नका लागि सरकारले काठमाडौं उपत्यकामा १४ वटा र हरेक प्रदेशमा १÷१ गरी २१ वटा अस्पताल छुट्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोभिड १९ हेर्नका लागि सरकारले काठमाडौंमा वीर अस्पतालसहित १४ वटा अस्पताल छुट्याएको छ, त्यस्तै हरेक प्रदेशका १÷१ वटा गरी ७ वटा अस्पताल छुट्याएको छ, आवश्यक परे निजी अस्पतालहरुसँग पनि समन्वय गरेर काम अघि बढाइनेछ । निर्देशक बस्नेतले कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकोले आवश्यक्तालाई हेरेर निजी अस्पतालहरुसँग समन्वय गर्दै काम अघि बढाउने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार