काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।२ हजार ४५८ जना निको भएका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ भने ६ लाख ८५ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ जना रहेका छन् ।
जसमध्ये ३६ हजार ३७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९५ जना आईसीयू र १९७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।