कोरोनालाई वेवास्ता गर्दै पशुपतिमा भक्तजनहरुको घुइचो (फोटोफिचर)

काठमाडौं : आज साउन महिनाको अन्तिम सोमवार पशुपतिमा भक्तजनहरुको भीड लागेको छ । साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिना भर नै व्रत बस्ने गर्दछन् । विशेष गरेर साउनको सोमवार भगवान शिवका मन्दिरहरुमा व्रतालुहरुको भीड लाग्ने गर्दछ । सोमवार महिलाहरु महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन् ।

साउनको अन्तिम सोमवार पूजाआजा गरी महिलाहरु व्रत समापन गर्दछन् । सोमवार बिहानै पशुपतिनाथ मन्दिरमा पूजाआजका लागि पुग्नुभएकी अम्बिका (लुईंटेल) आचार्यले मन्दिर बाहिर दर्शनार्थीको भीड भएकाले सरकारले व्यवस्थित गरेर पूजा गर्न दिनुपर्ने बताउनुहुन्छ । पहिला सधैँभरी भित्र गएर पूजा गर्न दिएको तर यो वर्ष पूजागर्न नपाएकोले मन खिन्न भएको उहाँले बताउनुभयो ।

मन्दिर भित्र जान नदिँदा बाहिर झनै भीड भएको र व्यवस्थित हुन नसकेको उहाँले गुनासो गर्नुभयो । त्यसैगरी पशुपतिनाथ दर्शनकाक लागि पुग्नुभएकी साधुदेवी कुँवरले सधैँ आएको बानि बसेकोले मन्दिरमा दर्शन गर्न आएको बताउनुभयो । उहाँले यस्तो बेला सकेसम्म घरमै बस्न राम्रो भएपनि मन्दिर आउने बानी परेकोले दर्शनका लागि आएको बताउनुभयो ।

कोरोना भाइरसका कारण सरकारले हिन्दू धर्मावलम्बीहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा व्रतालुलाई प्रवेश गर्न दिइएको छैन । तथापि मन्दिरमा पुजारीहरुबाटक दैनिक पूजा भने भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार